logo
Advertisement

पूर्व राजाकी नातिनी पुर्णिका सार्वजनिक यातायातमा हिड्छिन् ; हेर्नुस तस्बिर

२७ बैशाख २०७७, शनिबार मा प्रकाशित

राजतन्त्र ढलेसंगै पूर्व राजपरिवार अहिले आम जनता सरह भएर बसेका छन् । उनिहरुको क्रियाकलाप प्राय सामाजिक संजालमा निक्कै चर्चा हुने गर्दछ । अझ पूर्व युबराज पारसका अनेक हर्कत त प्राय मिडियामा मसलाका रुपमा पेसिने गर्छ। पारसका हर्कत जस्ता भएनी उनकी पत्नी हिमानिलाई भने धेरैले मन पराउने गर्छन् । त्यसैगरी उनकी छोरी पूर्णिकाका स्टाटस र बिचारले उनका प्रसंसकको पनि कुनै कमि छैन ।

पूर्णिकाले एक वेब साइट मार्फत सोधेको प्रश्नमा उनले आफ्नो डृम ब्वाए भेटेको खुलासा गरेकी छिन् । त्यस वेबसाईटमा उनलाई धेरै प्रश्न प्रश्न कर्ताले गरेका छन्। जसमध्य केही प्रश्नको जवाफले धेरैको मन तानेको छ। सोही वेबमा एक प्रश्न कर्ताले सोधे; थाइल्यान्डमा तपाईं कुन कारमा यात्रा गर्नुहुन्छ ? तपाईंसँग कतिवटा कार छन् ? त्यस प्रश्नको जवाफमा पूर्णिकाले भनेकिछिन् ” मसित कार छैन । म यहाँ सार्वजनिक सवारीसाधनमा यात्रा गर्छु ।”

पूर्णिका बेलाबेलामा पारसको साथ देखिएतापनी उनी आफ्नी आमालाई निक्कै फलो गर्ने बुझिएको छ। उनी जे छिन् त्यसमा पूर्णरुपमा आफ्नी आमाको देन हो भनी उनी बताउछिन् । पुर्णिका पढाईको शिलशिलामा थाईल्याण्ड बस्दै आएकी हुन् । उनी आफ्नो पढाइ सकिएपछी नेपाल नै आउने उनको तर्क छ।

Recent Comments

Top