logo
Advertisement

लकडाउनमै भयो बिवाह; बेहुलिका बाबुले दिए अचम्मको यस्तो दाईजो

२६ बैशाख २०७७, शुक्रबार मा प्रकाशित

कोरोना भाइरसको जोखिम अहिले देश नेपालमा मात्र हैन बिश्वभर छ। यो बन्दाबन्दिमा धेरै घरमै मात्र बसेका छन् त कैयौ अत्याबशेक काममा दौड धुप गरिरहेका छन् । तर यसै बन्दाबन्दिका बन्दाबन्दीका बीच पनि यहाँ एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन् । सामाजिक दूरी कायम राख्दै स्थानीय निकायसँग स्वीकृति लिएर विवाह सम्पन्न गरिएको हो ।

बैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका वडा नं २७ घर भएकी बेहुली अनुषा बाँस्तोला र पोखरा–३० का बेहुला दीविन भट्टराईको बिहीबार सम्पन्न विवाहमा दुवै पक्षका घरपरिवारका सदस्यको मात्रै उपस्थिति थियो ।

विवाहमा बेहुली पक्षले बेहुला पक्षलाई अन्य कुनै उपहार नभइ मास्क र स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री दाइजोका रूपमा दिएका थिए । संस्कार र संस्कृतिको संरक्षण गर्दै परम्परागत चलिआएको दाइजो प्रथालाई तोड्दै सन्देशमूलक ढङ्गले विवाह गर्न बेहुलापक्ष राजी भएपछि छोरी दिने निर्णय गरेको बेहुलीका बुबा नेत्रपाणिले बताए । सो विवाहले कम खर्चमा विवाह गर्न सकिन्छ र स्वयं आफँै रोगसँग डराउने हो तर काममा डराउने होइन भन्ने दरिलो उदाहरण समेत बनेको छ ।

Recent Comments

Top