logo
Advertisement

ड्रीम गर्ल आश्माको आज जन्मदिन; के गर्दैछिन् अचेल?

२६ बैशाख २०७७, शुक्रबार मा प्रकाशित

फिल्मि नगरिमा नव नायक नायिकाको लर्को लामै छ। यसै क्रममा नायिकाको लिस्टमा थपिएको एक नाम हो आश्मा गिरी। उनि ‘रंग टाइम’ वेब सिरिजबाट चर्चामा आएकी हुन् । सोही चर्चा संगै गिरीले ‘ड्रिम गर्ल’ फिल्मबाट नेपाली फिल्म उद्योगमा करियर सुरु गरेकी हुन् ।

नायिका आश्मा गिरीको बैशाख २६ गते अर्थात आज जन्मदिन परेको छ। आश्माले दर्जनौं म्युजिक भिडियो र वेब सिरिजहरुमा अभिनय गरिसकेकी छन् । पछिल्लो समय आफ्नै प्रोडक्शनमा वेब सिरिज निर्माणमा व्यस्त रहेकी छिन् ।

उनलाई फिल्मी बजको तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना ।।

Recent Comments

Top