logo
Advertisement

झरना सुपुत्री सुहाना थापाको आज जन्मदिन; आजबाट कति बर्ष लागिन् त?

२६ बैशाख २०७७, शुक्रबार मा प्रकाशित

चर्चित कलकारका सन्तान कलाकारितामा सकृय हुन खोज्नु कुनै नौलो कुरा हैन। आम कलकार र कलकार किड्समा धेरै फरक हुन्छ। आम कम्लकारलाई सोही क्षेत्रमा छिर्न धेरै कसरथ गर्न पर्छ । तर कलकार किड्सलाई बुवा आमाको सपोर्ट घरेलु वातावरणले सजिलै डेब्यु गर्न सक्छन् । हम्रै नेपाली फिल्मी नगरिमापनि लैयौ किड्स आए कतिले अझै राज गरिरहेकाछन् त कैयौ पलायन पनि हुदैछन् । यस्तैमा एक नाम हो सुहाना थापा। उनि नायिका तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाको सुपुत्री रहेकी हुन् । उनको जन्मदिन बैशाख २६ गते अर्थात आज परेको छ । सबैभन्दा कम उमेरमै नेपाली फिल्ममा चर्चामा रहेकी नायिका मध्ये उनी एक हुन् । उनि एक यस्ती भाग्यमानी नायिका हुन् जसले बिना कसरथ हिट फिल्मको पार्ट 2 मा अर्का कलकार किड्ससंग सृन शेयर गर्ने मौका उनकै बाबा आमाले जुराईदिए। उनी आफ्नो पढाईलाई निरन्तरता दिन प्लस टु पछि अष्ट्रेलिया पुगेकी थिईन् । तर विस्तारै पारिवारीक रमझमका कारण फिल्मी प्रति उनको मोह बढेको बुझिन्छ । उनले आफ्नै होम प्रोडक्शनको फिल्म ‘ए मेरो हजुर ३’ बाट रजटपटमा डेब्यु गरेकी हुन् । उनले मिडियामा भन्ने आफु १९/२० बर्षको बताएतापनि उनको वास्तविक उमेर २३ रहेको श्रोतका अनुसार बुझिन्छ । हुन त नेपाली फिल्ममा कलाकारले उमेर लुकाउनु कुनै नौलो कुरा होईन । विशेष गरि नेपाली फिल्मका नायिकाहरुले आफ्नो उमेर कम भन्दै आईरहेको देखिन्छ । सुहानालाई आज परेको उनको जन्मदिनको धेरै धेरै शुभकामना ।।

Recent Comments

Top