उत्तर कोरियाली शासक किम जोङसंग जोडिएर धेरै समचार अफवाह फैलिरहेको छ। यसै हल्ला बिच उनि पछिल्लो दिन प्योङ्गयाङमा २० दिनपछि देखिए । यससँगै थुप्रै हप्तासम्म चलेको उनीबारेको अफवाहमाथि अब बिराम लाग्ने अनुमान गरिएको थियो । तर यस्तो हुन सकेन ।
किमका जुन तस्बिर सार्वजनिक भए त्यसबारे सोसल मिडियामा बहस सुरु भएको छ । वास्तवमा, किमको रुपमा सार्वजनिक भएका ती व्यक्ति वास्तविक किम नभई उनका ‘बडी डबल’ भएको दाबी गरिएको छ । यद्यपि, यसमा कत्तिको वास्तविकता छ, त्यो भन्न मुश्किल छ ।
‘किमले आफ्ना बडी डबल प्रयोग गर्ने गरेको तथ्य कसैबाट लुक्न सकेको छैन,’ इन्टरनेशनल बिजनेस टाइम्स (आइबीटी)ले भन्यो ।
Recent Comments