logo
Advertisement

नेपाल र अमेरिकामा यस्तो फरक; के साच्चै होत?

२५ बैशाख २०७७, बिहीबार मा प्रकाशित

पूर्विय संस्कार,संकृती र समाजमा हुर्केबढेका हामी नेपालीलाई कतिपय पश्चिमी संस्कार, परम्परा र सोच बिपरित जस्तो लाग्दो रहेछ । खासगरी अमेरिकाको एक दशक लामो बसाइको क्रममा देखेका, भोगेका र जानेका केही सामान्य भन्दा सामान्य प्रचलन, मान्यता एवं परम्परा हाम्रो भन्दा बिपरित लाग्दा हुन्छन ।
कुन राम्रा कुन नराम्रा भन्ने कुरा हैन त्यो त जस्ले प्रयोग गर्दै आएको छ उस्लाई आफ्नो चलन मान्यता राम्रो लागेकै हुन्छ । यहा खासगरी अमेरिकन भनि पश्चिमी मान्यतालाई प्रतिनिधित्व गर्दै देखाउदै छु भने नेपाली भनि पूर्बिय संस्कार अर्थात दक्षिण एशियाली देशहरुको समेत प्रतिनिधित्व गरि नेपालीलाई देखाउदै छु ।
यो केवल सामान्य जानाकारी र मनोरञ्जनका लागि यस्ता उल्टा केही कुराहरु संकलन गरेको हो ।
१. अमेरिकनहरु भोली भोकै हुन किन नपरोस आज टन्न खान्छन । हामी नेपालीको संस्कार भोली भोकै हुनुपर्ला भन्ने चिन्ताले वा धार्मिक मान्यता बनाई आज भोकै बस्छौ ।
२.अमेरिकन खुल्ला ठाउमा खाना खान्छन अनि गोप्य ठाउमा दिशा गर्छन । नेपाली गोप्य भान्साकोठामा खाना खान्छौ अनि खुल्ला चौर, बनपाखामा दिशा गर्छौ ।
३ अमेरिकन पहिले घर किनेर त्यसैमा बसि क्रेडिटमा किनेको घरको पैसा जिन्दगीभर तिर्दै जान्छन । नेपाली जिन्दगीभर भाडामा बसि बचाएको कमाएको पैसाले बुढेसकालमा घर किनेर, बनाएर छोराछोरीलाई छोडी मर्छौ ।
४.अमेरिकन प्रचलन घर,ब्यावसायिक स्टोर,रेष्टुेन्ट,कार्यलय बेलुका सफा गर्छन हामीकाहा बिहान सफा गर्ने प्रचलन छ ।
५.अमेरिकन धनीले कर र्तिछन कम आए हुने गरिबले ट्यास फिता बाट पैसा पाउछन । नेपालमा धनिले धन र शक्तिले कर तिर्दैनन र थोरै र्तिछन गरिव साना ब्यावसायी बढी कर तिरीरहेका हुन्छन ।

यो सब मनोरञ्जनका लागि मात्र हो।

Recent Comments

Top