महानायक राजेश हमाल उमेरले आधा नेटो नाघिसक्दा पनि आफूलाई सधै जवान ठान्छन् । उनलाई कसैले उमेर सोधिहाल्यो भने उनी भन्ने गर्छन्, ‘२५ वर्ष पुगेपछि गन्नै छोडिदिएँ ।’
उनले आफुलाई जतिनै तन्नेरी ठानेपनी हमालको अनुहारमा बुढ्यौलीका चिन्हहरु प्रसस्त देखिन थालिसकेका छन् । हालै उनले आफैंले फेसबुकमा सार्वजनिक गरेको तस्वीरहरुले पनि राजेशको उमेर छिप्पिँदै गएको संकेत गर्छन् ।
नायक हमालले आँफैले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत होम क्वारेन्टाइनमा रहँदा खिचेका तस्वीर तथा भिडियोमा सार्वजनिक गरेका तस्बिर हेर्ने हो भने उनी कती बर्ष लागे अनुमान गर्न गाह्रो हुन्न । उनले सार्वजनिक गरेको तस्बिरमा जुँगा दारी लामा छन् र सेतै फुलेका छन् । बाहिर हिँड्नु नपर्दा दारी खौरिनसमेत अल्छि गरेका हुन या खौरिन नपाएका हुन वा दाह्री पाल्ने सौख उब्जिएको हो ? यो उनै जानुन् ।
लकडाउनको सदुपयोग राम्रै गरेको उनले सार्वजनिक गरेको तस्बिर रभिडियोले प्रस्ट देखाउछ । उनले थरी थरिका फोटो र भिडियो सार्वजनिक गरिरहेका छन् । उनले आफ्नी श्रीमती मधु भट्टराईसित रोमान्टिक डान्स गरेको भिडियो पनि बाहिर ल्याएका छन् ।
सार्वजनिक भिडियोमा राजेश हमालको फुलेको दाह्री देखिन्छ । तर पनि राजेश आफूलाई जवान भन्न छोड्दैनन् । उनले भन्ने गर्छन्, ‘दाह्री भनेको पाक्ने हो, फुल्ने कुरा त अरु नै छन् ।’
Recent Comments