logo
Advertisement

आमेरिकन फिल्ममा अव दुई नेपाली नायिका , स्वस्तिमा संगै को छिन् अर्की नायिका ?

२४ बैशाख २०७७, बुधबार मा प्रकाशित

नायिका स्वस्तिमा खड्काले अव अमेरिकन फिल्ममा काम गर्दैछिन् । उनी अङ्ग्रेजी भाषामा निर्माण गर्न लागेको चलचित्रमा अनुबन्धित भएकी हुन् । अमेरिकन चलचित्र निर्माण पक्षले निर्माण गर्ने फिल्ममा स्वस्तिमा मुख्य भूमिका रहने बुझिएको छ् ।

यस चलचित्रमा नेपालबाट स्वस्तिमासँगै नायिकाले केकी अधिकारीले पनि काम गर्ने भएकी छिन् ।

केकी पनि फिल्मको लागि अनुबन्धित भइसकेकी छिन् । निर्माण पक्षसँग केकीको लिखित सम्झौता पूरा भइसकेको छ । केही समय अगाडि नेपाल आएको चलचित्रको टिमले अडिसनबाट नै स्वस्तिमा र केकीलाई छनोट गरेको हो । खबरका अनुसार फिल्मामा स्वस्तिमा र केकी दिदी-बहिनीको भूमिकामा प्रस्तुत हुनेछन् । केकी र स्वस्तिमासँगै अन्य केही नायिकाहरुले पनि अडिसन दिएका थिए ।

फिल्ममा अन्य कलाकार भने अमेरिकन नै हुने बुझिएको छ । सम्पूर्ण छायांकन पनि अमेरिकामा नै हुनेछ । कोरोनाको त्रास सकिएलगत्तै फिल्मको छायांकन सुरु हुनेछ ।

Recent Comments

Top