रुकुम (पूर्व) मा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । जिल्ला अस्पतालले चालक नियुक्त गरेसँगै एम्बुलेन्स सञ्चालनमा आएको हो । केही समय अगाडि प्रदेश सरकारले जिल्लालाई उक्त एम्बुलेन्स उपलब्ध गराएको हो ।
रुकुम (पूर्व) मा एउटा पनि एम्बुलेन्स नभएका अवस्थामा कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी एम्बुलेन्स उपलब्ध गराइएको थियो । चालक नियुक्तिका लागि प्रक्रिया पुर्याएर नियुक्ति गरेसँगै एम्बुलेन्स सेवा सञ्चालनमा आएको जिल्ला अस्पताल रुकुम (पूर्व) का मेडिकल सुपरिटेन्डेन्ट डा बद्र बैदवारले जानकारी दिए ।
एम्बुलेन्सले आवश्यक परेका बिरामीलाई सेवा दिने गरेर २४ घण्टा नै तयारी अवस्थामा राखिएको डा बैदवारले बताए ।
Recent Comments