logo
Advertisement

ओलीको विकल्प तोक्नुपर्ने नेकपाका असन्तुष्ट नेताहरुको निष्कर्ष

१४ बैशाख २०७७, आईतवार मा प्रकाशित

 १४ वैशाख । सत्तारुढ नेपा कम्युनिष्ट पार्टी नेकपाका असन्तुष्ट नेताहरुले आउदो स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको विकल्प तोक्नुपर्ने निष्कर्ष निकालेका छन् ।

आईतबार कोटेश्वरमा भएको पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधकुमार नेपालसहित एक दर्जनभन्दा बढी स्थायी कमिटी सदस्यको भेलाले भोलिको विकल्प तोक्नुपर्ने अडान राख्ने निर्णय गरेका हुन् ।

ओलीले पार्टी र सरकार दुवै सञ्चालन गर्न नसक्ने भेलाले निष्कर्ष निकालेको एक नेताको भनाई छ । त्यसको विकल्पको बाटो खोलिदिन प्रधानमन्त्री ओलीलाई खुलेर आग्रह गर्नेमा आफूहरु सहमत भएका असन्तुष्ट नेताहरुले बताएका छन् ।

ओलीको कार्यशैलीविरुद्ध दुई तिहाई स्थायी कमिटी सदस्यहरु रहेका छन् । प्रधानमन्त्री ओली झमेलामा फस्दै जाँदा पार्टी तथा सरकार दुबैमा क्षति पुगेको पनि नेताहरुको निष्कर्ष छ ।

प्रधानमन्त्री ओलीले पार्टीसँग कुनै पनि सल्लाह नगरी दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेपछि नेकपाभित्रको विवाद चुलिदै गएको छ

Recent Comments

Top