काठमाडौं – शनिवार देशका केही स्थानमा बदली भई हावाहुरीसहितपानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुको प्रभावले देशको मध्य र पूर्वका केही स्थानमा बदली भई पानी पर्ने सम्भावना रहेको छ ।
त्यस्तै आज देशको पहाडी भुभागका स्थानहरुमा बदली भई मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै आज राती पनि देशका केही स्थानमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सँभावना रहेको जनाइएको छ ।
Recent Comments