logo
Advertisement

पूर्वसचिव भीम उपाध्याय पक्राउको काँग्रेसद्वारा विरोध

११ बैशाख २०७७, बिहीबार मा प्रकाशित

नेपाली काँग्रेसले पूर्वसचिव भीम उपाध्यायलाई सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

सो पार्टीले बनाएको छाया सरकारका सूचना तथा सञ्चार मन्त्रालय संयोजक बहादुर सिंह लामाले बिहीबार एक विज्ञप्ति जारी गर्दै संविधानले दिएको स्वतन्त्रताको हकलाई वर्तमान सरकारले कुण्ठित गर्ने प्रयास गरेको आरोप लगाएका छन् । 

‘नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको छ । सबै नेपालीले आफ्नो विचार राख्न पाउनु नैसर्गिक अधिकार हो’, विज्ञप्तिमा भनिएको छ, ‘संविधानले दिएको स्वतन्त्रताको हकलाई वर्तमान सरकारले सयम–सयममा कुण्ठित गर्ने कार्य गर्दै आइरहेको छ । राज्यका सबै अंग र प्रत्येक नेपालीले संविधानको पूर्ण पालना गरी यसको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । तर यसको ठिक विपरित वर्तमान सरकारले दिनप्रतिदिन संविधानको ठाडो उल्लंघन गर्दै आइरहेको छ । सरकारको यस किसिमका गैरजिम्मेवारी कार्य प्रति गम्भीर आपत्ति प्रकट गर्दै घोर भत्र्सना गर्दछौं ।’ 

विज्ञप्तिमा उपाध्यायलाई विनासर्त तत्काल रिहा गर्न पनि माग गरिएको छ । उपाध्यायलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।

Recent Comments

Top