logo
Advertisement

सफल भयो इरानको पहिलो सैन्य भू-उपग्रह प्रक्षेपण

११ बैशाख २०७७, बिहीबार मा प्रकाशित

११ वैशाख । इरानले देशको पहिलो सैन्य भूउपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको घोषणा गरेको छ । महिनौंसम्मको असफलापछि अन्ततः उक्त मिसन सफल भएको इरानी इस्लामिक रिभोल्युसनरी गार्ड कर्प आइआरजीसीको आधिकारिक वेबसाइटमा बुधबार लेखिएको थियो ।

तर अमेरिकाले भने उक्त प्रक्षेपण इरानले मिसाइल विकासलाई लुकाउन गरेको आरोप लगाउँदै आएको छ ।

द नूर नामको उक्त भूउपग्रहलाई मार्काजी मरभूमीबाट प्रक्षेपण गरिएको हो ।इरानको अन्तरिक्ष विसकाको क्षेत्रमा यो नयाँ सफल विकास हो ।

आइआरजीसीले यसलाई मेसेन्जर नामको भूउपग्रह केरियरलले उक्त डिभाइसलाई अन्तरिक्षमा छोडेको बताएको छ ।

कोरोना प्रकोप र इतिहासमै तेलको मूल्य सबैभन्दा न्यून हुँदा इरानको यो पछिल्लो विकासले इरान थप जोखिम मोल्न तयार भएको संकेत गरेको जानकारहरु बताउँछन् ।

Recent Comments

Top