logo
Advertisement

प्रचण्ड र ओलीबीच अलपत्र मजदुर व्यवस्थापनबारे छलफल

६ बैशाख २०७७, शनिबार मा प्रकाशित

 प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अलपत्र मजदुरको व्यवस्थापनबारे छलफल भएको छ ।

पछिल्लो समय कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रधानमन्त्रीकै नेतृत्वमा सर्वदलीय संयन्त्र गठन गर्ने अध्यक्ष प्रचण्डकोको प्रस्तावलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरेका थिए । त्यसपछि अध्यक्षद्वयबीच दुरी बढेको चर्चाका बीच आज छलफल भएको हो । 

‘प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीचको भेटवार्तामा खासगरी अलपत्र मजदुरको व्यवस्थापनबारे छलफल भयो । उनीहरुलाई कसरी गन्तव्यसम्म पुर्याउने भन्नेमा दुई अध्यक्षबीच कुराकानी भयो,’ बालुवाटार स्रोतले रातोपाटीलाई भन्यो, ‘अरु समसामयिक विषयमा पनि कुराकानी हुने नै भयो ।’

श्रोतका अनुसार कोरोना भाइरसले सिर्जना गरेको स्थिति, औषधि उपचार र राहत वितरणबारे आएका गुनासाबारे अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए । ओली र प्रचण्डबीच शनिबार झण्डै दुई घण्टा भेटवार्ता भएको थियो ।

Recent Comments

Top