logo
Advertisement

एसइई परीक्षाका लागि भर्चुअल कक्षा सञ्चालन

६ बैशाख २०७७, शनिबार मा प्रकाशित

भक्तपुर । भक्तपुर नगरपालिकाले कक्षा १० का एसइईका विद्यार्थी लक्षित गरेर भर्चुअल कक्षा सञ्चालन गर्ने भएको छ ।

भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले कोरोना सङ्क्रमणका कारण नेपाल सरकारले गरेको लकडाउनको समयलाई सदुपयोग गर्न एसइई लक्षित भर्चुअल कक्षा भादगाउँ टिभीमार्फत प्रसारण गर्ने जानकारी दिए।

नगरपालिकालले एसइई परीक्षाका लागि अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिकलगायत अनिवार्य विषयको कक्षा सञ्चालन गर्ने भएको छ । रासस

Recent Comments

Top