logo
Advertisement

देशभर दिनभरको मौसम कस्तो, हावाहुरी चल्छ?

६ बैशाख २०७७, शनिबार मा प्रकाशित

काठमाडौँ – देशभरको मौसम शनिबार पनि आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको हो । अहिले पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र मध्य भू–भागमा आंशिक बदलीको अवस्था छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । मध्य र पूर्वका केही स्थान तथा पश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको संभावना रहेको छ ।

राति पूर्वी भू–भागमा सामान्य बदली र मध्य तथा पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले उल्लेख गरेका छन् । पूर्व र मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

Recent Comments

Top