logo
Advertisement

उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै

५ बैशाख २०७७, शुक्रबार मा प्रकाशित

५ बैशाख । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको छलफल सुरु भएको छ । ७ वटै प्रदेशसँग समन्वय गर्ने मन्त्रीहरुसँग संयोजक पोखरेलले छलफल सुरु गरेका हुन् । आजको छलफलमा लकडाउनका कारण आ आफ्नो गन्तव्यसम्म पुग्न पैदल हिँडेर जानेहरु बीच बाटोमै अलपत्र परेकालाई कसरी उद्धार गर्ने र उनीहरुलाई आफ्नो घरसम्म पुर्याउने भन्नेबारे छलफल हुने बुझिएको छ ।

पछिल्लो समय सयौं किलोमिटरसम्मपनि नागरिकहरु पैदल हिँडेरै आफ्नो जिल्ला फर्कन थालेका र उनीहरु बीच बाटोमै अलपत्र परेपछि सरकारको चौतर्फी आलोचना भैरहेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि बैशाख १५ गतेसम्म लकडाउन लगाएको छ। लकडाउनको अवधि बढेसँगै दैनिक ज्यालादारी तथा मजदुरी गर्नेहरुको बिजोग भएको छ । उनीहरुले आफूहरु भोकै मर्नुभन्दा बरु पैदल हिँडेर घर जान लागेको समेत दुःखेसो पोखेका छन् ।

Recent Comments

Top