logo
Advertisement

काभ्रे जिल्ला प्रवेशमा रोक लगाईयो

३ बैशाख २०७७, बुधबार मा प्रकाशित

काठमाडौं : यापिड डाइग्नोस्टिक टेस्ट आरडीटीबाट दुई जनामा कोरोना संक्रमण पोजिटिभ देखिएपछि जिल्ला प्रशासन कार्यलय काभ्रेले जिल्ला प्रवेश गर्ने पैदलयात्रीलाई रोक लगाएको छ । लकडाउनका कारण उपत्यकामा रोकिएका विभिन्न जिल्लाका सयभन्दा बढी संख्यामा पैदलयात्री काभ्रे हुँदै गृहजिल्ला जान थालेपछि प्रशासनले सूचना जारी गरेको हो ।

लकडाउनलाई प्रभावकारी बनाउन जिल्लाभित्र अनावश्यक रुपमा हिँडडुल गर्नेलाई सोही स्थानबाट नियन्त्रणमा लिने, छिमेकी जिल्लाबाट पैदल नै जिल्ला प्रवेश गर्नेलाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अत्यावश्यक सेवाबाहेकका सवारी पास नलिएका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको पनि प्रशासनले जनाएको छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै सरकारले घोषणा गरेको लकडाउनका कारण यातायातका साधन नचलेपछि काठमाडौंबाट मानिसहरु बीपी राजमार्ग हुँदै पैदल नै तराईका जिल्ला गइरहेका छन्

Recent Comments

Top