logo
Advertisement

देवतारुपी घरबेटी, घरबाहल मात्रै छुट हैन् रासनको व्यवस्था पनि गर्दैछन् ! ५००० माक्स वितरण गर्ने(भिडियो)

८ चैत्र २०७६, शनिबार मा प्रकाशित

कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले विश्वलाई नै आतंकित बनाएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले पनि विभिन्न पहल गरिरहेको छ । कोरोना सन्त्रासले सर्वसाधारण गाउँ फर्किरहेका छन् । तर, काठमाडौँका एकजना मनकारी घरधनीले कोठा भाडामा बस्नेलाई तीन महिनाको भाडा छुट दिने घोषणा गरेका छन् ।

मकवानपुरको चित्लाङ स्थायी घर भएका हरिहर लामिछानेले काठमाडौंको कलंकीमा भएको घरको चार वटा कोठामा बस्ने चार परिवारलाई तीन महिनाको कोठा भाडा नलिने बताएका हुन् । देश संकटमा परेका बेला कोठा भाडामा बस्नेहरुलाई भाडामात्र छुट दिंदा पनि केही राहत होस् भनेर परिवारसँगको सल्लाह अनुसार भाडा नलिने निर्णय गरेको लामिछानेले बताए । उनले आफु पनि भाडामा बसेर दु:ख भोगेर आएको बताउदै भने- ‘दुखको बेलामा मानवीय कर्तव्य पुरा गर्ने खोजेको मात्र हो ।

मैले कुनै प्रचारको लागि फेसबुकमा स्टाटस लेखेको होइन । छुट दिएर नै लेखेको हुँ ।’ उनले थपे, “मैले लेखेपछि सबैले सेयर गरिदिए । यस्तो सन्त्रास फैलिएको बेलामा यो मानवीयताको लागि मात्र गरेको हो’ उनले भने । उनले सहजरूपमा मास्क उपलब्ध भए ५ हजार थान मास्क बाड्ने योजना रहेको समेत बताए । भिडियो

Recent Comments

Top