logo
Advertisement

डोनल्ड ट्रम्प देखी स्पेनी राजा फेलिप सम्मले नमस्ते गरिरहेका तस्बिर भाइरल

१ चैत्र २०७६, शनिबार मा प्रकाशित

 गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भारत सरकारले स्वागतका लागि ‘नमस्ते ट्रम्प’ नामको कार्यक्रम नै आयोजना गरेको थियो। ट्रम्पले पनि दुई हात जोडेर गुजरातको अहमदाबादमा भेला भएका हजारौँ जनतामाझ हाँसेर ‘नमस्ते’ गरे । तर त्यसबेला सम्म भारतमा कोरोना भाइरसको सं’क्रमण फैलिसकेको थिएन । जब विश्‍वभर कोरोना भा’इरसको सं’क्रमण अनियन्त्रित रुपमा फैलन थाल्यो हात मिलाउनेहरु पनि धमाधम ‘नमस्ते’ गर्न थाले । अन्तत: विश्वभर नमस्ते कल्चर नै फैलियो ।

हाल विश्‍वका प्रभावशाली नेताहरुमाझ भेटघाटका बेला हात मिलाउनुको सट्टा नमस्ते गर्ने शैली अभ्यस्त भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना सं’क्रमण सर्नसक्ने भन्दै हात मिलाउनु जोखिमपूर्ण हुने चेतावनी दिएपछि नेपाल, भारत लगायत पूर्वीय हिन्दू सभ्यतामा प्रचलित नमस्ते गर्ने चलन लोकप्रिय बनेको हो ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोँ, स्पेनी राजा फेलिप पाचौँ र रानी लेतिजिया, आइरिस प्रधानमन्त्री लियो बरादकार, बेलायती राजकुमार चार्ल्स, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लगायत नेताहरुले नमस्ते गरिरहेका तस्बिर भा’इरल बन्दैछन् । पाश्चात्य शैलीमा हात मिलाउने चलन प्रचलित भए पनि पूर्वीय हिन्दू सभ्यतामा सदियौँदेखि नमस्ते कल्चर नै स्थापित छ।

यस्तै,कोभिड–१९ (कोरोना) भा’इसरले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ । नोभल कोरोना ‘रो’ग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले ‘अर्को सूचना नभएसम्म वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने’ निर्णय गरेपछि श्रम स्वीकृति प्रदान गर्ने कार्य आजदेखि स्थगित गरिएको वैदेशिक रोजगार कार्यालय ताहचलका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो ।

नेपालको प्रमुख श्रम गन्तव्य मुलुक दक्षिण कोरिया, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन, कुवतेलगायतमा कोरोना भा’इरस देखिएपछि ती मुलुकमा नेपाली कामदार नपठाउन सरकारलाई तीव्र द’बाब परेको थियो । श्रम मन्त्रालयले यसअघि नै श्रम स्वीकृति स्थगन गर्ने तयारी गरेपनि निर्णय हुन सकेको थिएन ।

सरकारले दक्षिण कोरियामा मार्च महिनाभर श्रमिक नपठाउने निर्णय गरिसकेको छ । कोरोनाको सङ्क्रमण बढ्न नदिन कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाईसकेको छ भने कुवेतले पनि भिसा दिन ब’न्द गरेको छ ।

बुधबार विश्व स्वास्थ्य स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोना भा’इरसलाई महामारीको घोषणा गरेको थियो । कोरोनाभा’इरसबाट बच्नका लागि अन्य देशहरुले पनि आवश्यक सतर्कता अपनाउँदै अन्तराष्ट्रिय हवाई उडान र आवतजावतमा प्र’तिबन्ध लगाएका छन् ।

Recent Comments

Top