logo
Advertisement

उदितको दुलही बन्दा यस्ती देखिइन् आँचल शर्मा(भिडयोमा हेर्नुस्)

३० फाल्गुन २०७६, शुक्रबार मा प्रकाशित

‘अभिनेत्री आँचल शर्मा बिवाह बन्धनमा बाधिंएकी छिन् । नाईं नभन्नू ल ४’ बाट नेपाली फिल्म क्षेत्रमा भित्रिएकी आचंलले उदित श्रेष्ठसंगको डेढ वर्ष लामो प्रेम सम्बन्धलाई बिहीवार विवाहमा परिणत गरेकी हुन् । बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा हिन्दू परम्पराअनुसार आँचल र उदिपले विवाह गरेका हुन् । विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो ।

अभिनेत्री आँचल शर्माले आफ्नो विवाहको तस्विरहरु इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी छन् । उनले ‘म र मेरा लागि सधैं’ क्याप्सन लेख्दै उदिपले बरमाला लगाएको र आफू दुलहीको भेषमा सझिएको केही तस्विरहरु साझेदार गरेकी छन् । तस्विरमा उनलाई कतै भावुक त कतै खुसी मुद्रामा देख्न सकिन्छ । उदिपले बरमाला लगाउँदै गर्दा उनी निकै प्रफुलित देखिएकी छन् ।

गएको फागुन १३ गते आँचल र उदिपले टिकाटालो गरेका थिए । बिहीवार अग्नीलाई साक्षी राखेर सँगै बाँच्ने सँगै मर्ने कसम आएका उनीहरुले चैत १ गते रिसेप्सन पार्टी दिँदैछन् । रिसेप्सन पार्टीमा उपस्थितिका लागि यी दुईले फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुलाई निमन्त्रणा कार्ड पठाएका छन् । विवाहभन्दा अगाडि आँचल र उदिपले संगीत र मेहेन्दीको कार्यक्रम समेत राखेका थिए ।

उदिपसँग आँचलको फेसबुकको माध्यमबाट चिनजान भएको हो । र, म्यासेन्जरमा कुराकानी गर्दै जाँदा उनीहरु एकअर्काको प्रेममा डुबेका थिए । २०१८ अक्टोबर ३१ को दिन उनीहरुको पहिलो पटक १५ मिनेटका लागि उदिपको गाडीमा भेट भएको थियो । भने, डिसेम्बर १८ का दिन आँचललाई आफ्नै अफिसमा बोलाएर उदिपले फूलको गुच्छा दिँदै प्रेम प्रस्ताव राखेका थिए ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x