logo
Advertisement

रसुवामा भन्सार कार्यालय भवन निर्माणले गति लिन सकेन

२९ फाल्गुन २०७६, बिहीबार मा प्रकाशित

रसुवा, फागुन २९ । रसुवागढीमा एकीकृत भन्सार कार्यालय भवनको निर्माणले अझै गति लिन सकेको छैन ।

तीन वर्ष भित्र सम्पन्न गर्ने गरी काम अघि बढाईएकोमा दुई बर्ष बितीसक्दा समेत पहिलो तल्लासमेत ढलान भएको छैन

। कामदारको अभाव, सामग्री समयमा आउन नसक्नु जस्ता कारणले दुई वर्षमा ३२ प्रतिशत मात्र काम भएकोे रविना कन्ट्रक्सनका इन्जिनियर योगेन्द्र सुब्बाले बताए ।

५४ करोड ६० लाख रुपैयाँ निर्माण लागत रहेको पाँच तले एकीकृत भवनमा भन्सार, क्वारेन्टाइन, अध्यागमन, बैंक र सुरक्षा निकायसमेत रहने छ ।

Recent Comments

Top