logo
Advertisement

कमेडि च्याम्पियनका खबपु भन्छन् च्याम्पियन जातले हैन प्रतिभाले जित्छ ! रोल्पेली, जनजाती भन्दा मन दुख्छ (भिडियो)

२८ फाल्गुन २०७६, बुधबार मा प्रकाशित

नेपालको पहिलो रियालिटी सो कमेडी च्याम्पियनको फाइनलमा पुगेका रोल्पाली खड्ग बहादर पुन ‘खबपु’ भोट माग्नमा व्यस्तछन् । कमेडी च्याम्पियनको उपाधी चुम्ने होडबाजीमा प्रतिस्पर्धिहरुले प्रचारप्रसारलाई तिव्र गतिमा बढाएको छ । फाइनल भोटिङ सुरु भइसकेको छ, नेपालबाट इ सेवा र नेपाल बाहिरबाट कमेडी च्याम्पियनको एप प्रयोग गरि मनपर्ने कमेडियनलाई चैत १ गते दिउँसो १२ बजे सम्म भोट गर्न सकिनेछ ।

कमेडी च्याम्पियनको टप २० बाट बाहिरिएका रोल्पाली कमेडियन खबपु चंचल सर्वाधिक भोट पाएर पुन वाइल्ड कार्ड मार्फत कमेडी च्याम्पियनमा फर्किएर उनी फाइनलमा पुगेका हुन् । अर्गानिक कमेडियनको ट्याग पाएका खबपु यतिबेला भोट अपिल गर्दै प्रचारप्रसारमा लागेका छन् । थप कुरा भिडियोमा हेर्नुहोस्

Recent Comments

Top