logo
Advertisement

अपाङ्गता भएकी श्रीमतीको हत्या आरोपमा पक्राउ

२७ फाल्गुन २०७६, मंगलवार मा प्रकाशित

विराटनगर । अपाङ्गता भएकी श्रीमतीको हत्यामा संलग्न रहेको आरोपमा विराटनगरमा एक वृद्ध पक्राउ परेका छन् । 

विराटनगर महानगरपालिका–१२ का ७२ वर्षीय परण ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको हो । उनले ७० वर्षीया श्रीमती सगुत्री ऋषिदेवको हत्या गरेको आरोप छ । 

आपसी विवादका क्रममा सोमबार परणले श्रीमतीलाई दाउराले प्रहार गरेको र सोही कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । 

मृतक वृद्धा प्यारालाइसिसका कारण पाँच वर्षदेखि अपांगता जीवन बिताइरहेकी थिइन् ।

Recent Comments

Top