logo
Advertisement

कटुवा पेस्तोलसहित एक जना पक्राउ

२७ फाल्गुन २०७६, मंगलवार मा प्रकाशित

२७ फागुन, झापा । प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई झापामा पक्राउ गरेको छ ।दमक नगरपालिका–३, मावाखोलामा मिक्लाजुङ गाउँपालिका–९, मधुमल्लका ४४ वर्षीय मेघराज गौतम कटुवा पेस्तोलसहित पक्राउ परेका हुन् ।झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार उनको साथबाट एउटा कटुवा पेस्तोलसहित एउटा गोली र दुई वटा खोका बरामद भएको छ । गौतमलाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय, दमकमा राखिएको छ ।

Recent Comments

Top