logo
Advertisement

अर्जुन कपुर र मलाइका बिवाह गदैछन् !

२० श्रावण २०७६, सोमबार मा प्रकाशित

बलिउडमा यतिबेला अभिनेता अर्जुन कपूर र आइटम गर्ल मलाइका अरोरा खानको बिवाहको खबरले गर्मिएको छ । सलमान खानका भाई अरवाज खानसंग सम्बन्ध बिच्छेद गरेकी मलाइका लामो समय देखि अर्जुनसंग रिलेसनशिपमा छिन् । जसले गर्दा सलमान खान अर्जुन कपुर र मलाइका दुवैसंग रुष्ट छन् ।

अुर्जनकै कारण अरवाजसंग मलाईकाले डिर्भोस गरेकी थिईन् । र, यतिबेला उनीहरु एक हुने लगभग तय भएको भारतिय मिडियाहरुले लेखेका छन् । आफ्नो लामो समय देखिको रिलिेशनसिपलाइर्ए बैवाहिक जीवनमा परिणत गर्ने सोचमा अर्जुन र मलाइका पुगेको समाचारमा उल्लेख छ ।

फिल्ममा उस्तो सफलता नपाएका अर्जुन कपुर पछिल्लो समय लभ अफयरकै काराण् चर्चामा छन् । एकपछि अर्को फिल्मले असफलता पाएपछि उनलाई लिएर फिल्म निर्माण गर्ने निर्माताहरु पनि कम हुदै गएका छन् । र, अर्जुन स्वयम पनि फिल्ममा काम गर्ने मनस्थीतिमा नरहेको बताईन्छ ।

भनिन्छ् प्रेममा न जातको माइने हुन्छ न त उमेरको । यस्तै छ, अर्जुन मलाइकाको प्रेम कथा पनि । अर्जुन कपुर उमेरले मलाइका भन्दा कान्छा हुन् । तथापी उनीहरुको मया गाढा गरेको बताईन्छ । सार्वजनिक भएका समाचारलाई आधार मन्ने हो भने अर्जुन र मलाइका यही बर्ष बिवाह बन्धन्म बाधिंने छन् ।

Recent Comments

Top