बलिउड अभिनेता साहिद कपुरको करियर फेरी उकालो लागेको छ । सानदार, उड्दा पंजाब, बत्ती गुल मिटर चालु जस्ता फिल्म बक्स अफिसमा पछारिएपछि साहदिको करियर धरमराएको थियो । तर, सन्दीप रेड्डी वंगाको निर्देशनमा बनेको फिल्म ‘कविर सिंह’लेसाहिदलाई पुनः सुपरस्टारको लिष्टमा पुर्याएको छ ।
पहिलो पटक साहिदको फिल्मले २ सय करोडको ब्यापार गरेकाने छ । फिल्मले अहिले सम्म २ सय ७५ करोड माथिको व्यापार गरिसकेको छ । यही कारण साहिदलाई लिएर धेरै निर्माताहरु फिल्म बनाउन लालायित छन् ।
तथापी साहिदले अहिले सम्म औपचारिक रुपमा कुनै पनि फिल्म साईन गरको छैनन् । यही बीच साहिदले एक फिल्मका लािग ४० करोड अप्रोच गरेका छन् । तेलुगुको हिट फिल्म ‘जर्सी’को रिमेकमा साहिदलाई अफर गरिएको छ ।
Recent Comments