logo
Advertisement

‘सल्लेरीको वन’ मा पुष्प र वर्षा !

२० श्रावण २०७६, सोमबार मा प्रकाशित

अभिनेता पुष्पल खड्का म्युजिक भिडियोमा पनि बिकेको नाम हो । थुप्रै सफल म्युजिक भिडियो खेलिसके पछि पुष्पल फिल्म क्षेत्रमा भित्रिएका हुन् । हाल पुष्पल मारुनी फिल्मको प्रचार प्रसारमा व्यस्त छन् । यस्तै म्युजिक भिडियोबाटै फिल्म क्षेत्रमा भित्रिएकी अभिनेत्री हुन् बर्षा राउत ।

पुष्पल र बर्षाको नयां म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका मेलिना राईको आवजमा समाबेस सल्लेरीको बन बोलको गीत बजारमा आएको हो । मेलिनालाई डेबिड शंकरले गायनमा साथ दिएका छन् । गीतमा शिर्षक घिमिरेको शब्द समावेस छ । निकेश खड्काद्धारा निर्देशित गीतको भिडियो निक्कै आकर्षक देखिन्छ ।

माया र प्रेमको कथामा बुनिएको गीतलाई बुद्ध थापाले खिचेका हुन् । म्युजिक भिडियोको सम्पादन विकाश धमलाले गरेका हुन् भने सुवोल थापा कोरियोग्राफरका रुपमा रहेका छन् । गीत हेर्नुस्

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x