logo
Advertisement

राष्ट्रिय दाजु भाउजुलाई ‘आदर्श जोडी’ सम्मान

२० श्रावण २०७६, सोमबार मा प्रकाशित
आदर्श जोडी मान्दै दम्पतिलाई सम्मान

नेपाली फिल्म क्षेत्रमा यस्ता थोरै जोडी छन् जसलाई आम नेपालीहरुले रुचाएका छन् । फिल्म लुटबाट पाएको सफलता निर्देशक निश्चल बस्नेतको अहिले पनि कम भएको छैन् । अझ अभिनेत्री स्वश्तिमा खड्कासंग बिवाह गरेपछि त उनी प्रायः ग्लामर फिल्डमा टाइमलाईनमै रहीरहे ।

तीज माइती मेला २०७६ुको अवसरमा ललितपुरको जावलाखेलस्थित खुल्ला चौरमा नेपाली कला क्षेत्रको आदर्श जोडी मान्दै यी सेलिब्रेटी दम्पतिलाई सम्मान गरिएको हो । योजोडीलाई राष्ट्रिय दाजु भाउजुको उपमा प्राप्त समेत प्राप्त छ । यसैलाई मध्य नजर गर्दै यो जोडीलाई राष्ट्रिय सम्मान प्रादान गरिएको हो ।

केही दिन अघि राष्ट्रपति शतिल निवासमा चलचित्र विकास बोर्डले आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कारमा फिल्म बुलबुलबाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड जित्न सफल भएकी थिइन् ।

Recent Comments

Top