एक्सन हिरो बिराज भट्टको फिल्मको प्रदर्शन मिति तय भएको छ । नेपालमा मात्र नभएर भोजपुरी फिल्ममा समेत एक्सन हिरोको छवि बनाएका बिराज यसपटक निर्देशनमा पनि होमिएका छन् । फिल्ममको नाम हो, ‘साङ्लो’ ।
फिल्ममा बिराजसंगै निकिता चन्दकको पनि मुख्य भूमिका रहेको छ । पूर्वमिस नेपाल निकिताले यसअघि रानि महल खेल्ने तय भएको थियो । तर, पछि उनले सो फिल्म छाडेकी थिईन् । बिराजकोे निर्देशनमा तयार भएको ‘साङ्लो’को छायांकन चाहीं सक्काएकी छिन् ।
बिराजको निर्देशन तथा मुख्य भुमिका रहेको फिल्म कात्तिक १५ देखि प्रदर्शनमा आउने भएको छ । प्रेम कथामा आधारित ‘साङ्लो’ तिहार लगत्तै प्रदर्शनमा आउने छ।
Recent Comments