logo
Advertisement

अन्जली अधिकारीलाई आकाश श्रेष्ठ भन्दैछन् ‘मुटु किन’

२० श्रावण २०७६, सोमबार मा प्रकाशित

आकाश श्रेष्ठ, अहिलेका चकलेटी अभिनेता हुन् । फिल्मी बजारमा उनको राम्रो फ्यान फ्लोइङ छ । एकपछि अर्को फिल्मले सफलता प्राप्त गर्दा आकाशको फिल्मी करियर पनि मज्जैले चम्किरहेको छ । खासमा आकाश फिल्ममा मात्र हैन् म्युजिक भिडियोमा पनि सर्वाधिक खोजिने अभिनेता हुन् ।

प्रायाः राम्रा गीत छनोट गरेर काम गर्ने आकाश मयुजिक भिडियोमा पनि व्यस्त अनि सफल मोडल हुन् । उनै लोकप्रिय अभिनेता तथा मोडल श्रेष्ठको नयां म्युजिक भिडियो बजारमा आएको छ । मुटु किन’ बोलको गीतमा अंजली अधिकारी र आकाश फिचर्ड भएका छन् ।

यही गीत मार्फत गायिका तारा नुमिहाङ्ग राई सांगीतिक बजारमा भित्रिएकी छिन् । पदम साधना कुलुङको शब्द रहेको गीतमा हरि लम्सालको संगीत र स्वर छ । ‘फूल चन्द्रमा’ नामको एल्वममा समावेश उक्त गीतको म्यूजिक भिडियोको निर्देशन निकेश खडकाले गरेका हुन् ।

Recent Comments

Top