logo
Advertisement

अभिनेता कर्मा पनि अब पत्रकार !

२० श्रावण २०७६, सोमबार मा प्रकाशित

नेपाली फिल्म उद्योगमा यस्ता थोरै कलकार छन् जसले आफ्नो हरेक भुमिकालाई न्याय गर्छन् । यस्तै एक कलकार हुन् महेश शाक्य कर्मा । दर्शकहरुका लािग थुप्रै हिट फिल्म दिएका कर्मा अब पत्रकार बन्ने भएका छन् । समाज रुपान्तरण र जागरणका लागि उनी पत्रकारितमा लाग्ने भएका हुन् ।

तर, रियल लाईफमा नभएर कर्मा फिल्मको पर्दामा पत्रकारको भुमिकामा देखिन लागेका हुन् । फिल्मको नाम हो, ‘षट्कोण’ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच मिलन डि। काप्रीको निर्देशनमा फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो ।

भदौ १८ देखि फ्लोरमा जाने ‘षट्कोण’ मनोवैज्ञानिक रहस्यमाथी आधारित रहने निर्माण टिमले बताएको छ । शिशिर वनेमको कथा तथा पटकथा रहेने फिल्ममा कर्मासंगै भोलाराज सापकोटा, लोकेन्द्र लेखक, विराज कडरिया, शिशिर वनेमलगायतका कलाकारहरुको मुख्य भुमिका रहनेछ । तर, फिल्मका लागि अभिनेत्रीको भने टुंगो लागि सकेको छैन् ।

फिल्म एक मर्डरको अनुसन्धानमा केनिद्रत हुनेछ । र, त्यसमका पत्रकारको भुमिको महत्व दे दर्साउन खोएिने बताईको छ । भिमफेदी र काठमाडौंमा छायांकन हुने फिल्ममा विशेष पाण्डेको ध्वनी, अशेश लुईटेलको मुख्य सहायक निर्देशन रहनेछ ।

Recent Comments

Top